एनआरएनए विश्व सम्मेलनका लागि २० सदस्यीय आयोजक समिति

नेपालभ्युज

एनआरएनए विश्व सम्मेलनका लागि २० सदस्यीय आयोजक समिति

काठमाडौं। गैरआवसाीय नेपाली संघ (एनआरएनए)को दशौं विश्व सम्मेलनका लागि २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र र विभिन्न मन्त्रालयका सचिव प्रतिनिधिका रूपमा छन्।

त्यसैगरी लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि समितिमा रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ। हरेक दुई वर्षमा नेपालमा आयोजना हुने संघको दशौं सम्मेलन आउँदो कार्तिक ६ देखि ८ गतेसम्म काठमाडौंमा हुँदै छ।

सरकारले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकतामा राखेको छ। यसअघि संघको नवौं सम्मेलन २०७६ असोज २८ देखि ३० सम्म काठमाडौंमा आयोजना भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved