उपचारका लागि प्रदीप गिरी भारतमा

नेपालभ्युज

उपचारका लागि प्रदीप गिरी भारतमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी उपचारका लागि भारत पुगेका छन् । भारतको मुम्बईमा गिरीको उपचार भइरहेको छ ।

घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरीलाई भर्ना गरिएको परिवारिक स्रोतले जनाएको छ ।

अचानक घाँटीमा समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई गएका हुन् । गिरीको स्वास्थ्यबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई जाएका निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरीबीच उपचारबारे सल्लाह भएको बताइएको छ । “ भोलि शुक्रबार निधिले गिरीलाई भेटेपछि उहाँको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ”, दाहालले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved