वीरेन्द्रनगर। सुत्केरी भएर स्वास्थ्यमा जटिल समस्या आएपछि जाजरकोटको बारेकोट गाउँपालिका-६ की १८ वर्षीया सपना बस्नेतलाई रुकुम पश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बस्नेतको स्वास्थ्य अवस्था गम्भीर भएका कारण चौरजहारी अस्पतालबाट रिफर गरी कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो...