जीर्ण ट्राफिक लाइटमुनिबाट प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरू दैनिक आरोरदोहर गर्छन्। ट्राफिक लाइट नचल्दा सिट्ठी र हातको इसाराले सवारी व्यवस्थापन हुँदै आएको छ। प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारीहरूलाई जीर्ण ट्राफिक लाइटले गिज्याइरहेको छ।