सिंहदरबार अगाडि नै बल्दैन ट्राफिक लाइट, तल ‘ट्राफिक’ सिट्ठी फुक्दै हैरान (फोटो फिचर)

जीर्ण ट्राफिक लाइटमुनिबाट प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरू दैनिक आरोरदोहर गर्छन्। ट्राफिक लाइट नचल्दा सिट्ठी र हातको इसाराले सवारी व्यवस्थापन हुँदै आएको छ। प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारीहरूलाई जीर्ण ट्राफिक लाइटले गिज्याइरहेको छ।

सिंहदरबार अगाडि नै बल्दैन ट्राफिक लाइट, तल ‘ट्राफिक’ सिट्ठी फुक्दै हैरान (फोटो फिचर)

काठमाडौं।  सिंहदरबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र। प्रधानमन्त्रीदेखि मन्त्री र केही आयोग र संसद् सचिवालयका साथै सुरक्षा निकायका कार्यालय भएको स्थान। सरकारी समाचार संस्थादेखि दर्जनौँ कार्यालय अटाएको सिंहदरबारको चौघेराबाहिर व्यस्त सडक।

दैनिक लाखौँ सवारी साधन र सयौँ पैदलयात्रीको ओहोरदोहोर हुने सिंहदरबारको चौघेरा बाहिरको पूर्वाधार सम्पन्न हुनुपर्ने हो। तर, त्यही सिंहदरबारको मूलगेटमा राखिएको छ जीर्ण अवस्थाको स्मार्ट ट्राफिक लाइट। तर, त्यो पनि बल्दैन।

सडकको पोलमाथि राखिएको जीर्ण ट्राफिक लाइटमुनिबाट मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरू दैनिक ओहोरदोहोर गर्छन्। लामो समयदेखि ट्राफिक लाइट नचल्दा सिट्ठी र हातको इसाराले सवारी व्यवस्थापन हुँदै आएको छ। त्यहाँबाट ओहोर-दोहोर गर्ने प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारीहरूलाई जीर्ण ट्राफिक लाइटले गिज्याइरहेको छ।

नेपालमा सुरुमा ट्राफिक लाइट जडान २०२४ सालमा सिंहदरबारबाटै जडान गरेर सुरु गरिएको थियो। त्यसयता दर्जनौँपटक लाइट परिवर्तन गरियो। तर, अहिले भने त्यहाँका केही लाइटले सिग्नल दिँदैनन्। केही लाइट मात्र बल्छन्। तर, ती पनि नियमित बल्दैनन्।

त्यो त उदाहरण मात्र हो, संघीय राजधानी काठमाडौं उपत्यकाका दर्जनौँ मुख्य चोकहरूमा राखिएका अधिकांश ट्राफिक लाइटले सिग्नल दिँदैनन्। ट्राफिक लाइट नबल्ने भएपछि ट्राफिक जनशक्ति धेरै लागिरहेको छ। त्यति लाइट नबल्दा मात्र होइन सवारी जाम बढाएको छ। दुर्घटनाको जोखिमसमेत बढेको जानकारहरू बताउँछन्। ट्राफिक लाइट नबल्नुमा कमिसनको चक्करमा कम गुणस्तरीय उपकरण ल्याइनु रहेको ट्राफिक प्रहरीहरूनै बताउँछन्।

हेरौँ, लामो काठमाडौंका मुख्य चोक (माइतीघर, सिंहदरबार, बानेश्वर, कमलपोखरी)मा रहेका लामो समययता काम नगरिरहेका केही ट्राफिक लाइटका फोटोहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved