वालिङ । स्याङ्जाको गल्याङ–१ रामनदीधामस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई वृद्धाश्रममै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । शिवपार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाले निर्माण गरेको वृद्धाश्रममा बस्दै आएका उनीहरुलाई आश्रममै सामाजिक सुरक्षा भत्ता दिन थालिएको हो । उक्त वृद्धाश्रममा २३ वृद्धवृद्धा बस्दै...