विचारविहीन, एजेन्डाविहीन, क्षमताहीन नेता र परम्परागत राजनीतिबाट नयाँ युग बन्दैन । रुख जराबाट बिग्रियो भने नासिन्छ, मान्छे टाउकोबाट बिग्रियो भने नासिन्छ । अहिले राजनीति टाउकाबाट नासिन थालेको छ । त्यसैले राजनीतिक पुनर्गठनको प्रक्रिया सुरु हुनुपर्छ टाउकोबाट ।