"यो चिठी महाराज विभीषणलाई देऊ," मन्दोदरीले भनिन्, "यसमा मैले विभीषणसँग विवाह गर्ने निर्णय छ, मेरो तथाकथित पतिव्रता चरित्रभन्दा मेरो राज्यको स्वाभिमानी चरित्र मेरा निम्ति महत्त्वपूर्ण छ," मन्दोदरीका आँखाबाट बरर्र आँसु झरे, तर उनको शिर सीधा र उच्च देखिन्थ्यो ।