जनकपुरधाम। धनुषाको एक आयुर्वेद कलेजको सम्बन्धन खारेज गरिएको छ। धनुषाको नगराइन नगरपालिका नगरपालिकाको गंगुलीमा रहेको मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज भएको हो। नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएको मिथिला आयुर्वेद कलेजमा पठनपाठन नहुने गरेको र कलेजको सारा व्यवस्था अस्तव्यस्त रहेको...