उपन्यास पढ्नु खराब काम मानिन्थ्यो। लुकाएर पढ्नु पर्थ्यो । राति घरका सबै सुतिसकेपछि ओछ्यानको सिरानीमुनिबाट निकालेर वा गोठालो जाँदा लुकाएर उपन्यास पढ्नु पर्ने बाध्यता थियो । उपन्यास बिग्रेका केटाकेटीले पढ्छन्, उपन्यास पढ्नेहरु उमेर नपुगी अमिल्दो प्रेममा पर्छन्, पोइल जान्छन्...