मूलतः मध्यपहाडी भूभागमा हिउँ पर्ने बेला थालिएको यो यात्रा सहज भने थिएन। माघ १५ देखि फागुन १५ सम्म मध्यपहाडी भेगमा हिउँ बर्सिने समय हो। तर पूर्वको चिवाभञ्ज्याङदेखि बीचका केही भूभाग छाडेर सुदूर पश्चिमस्थित बैतडीको सतबाँझसम्मको यात्रा पूरै हिउँमय रहेको...