काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा बन्द गराउँदै हिँडेका प्रभु शाह नेतृत्वको आम जनता पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । जनकपुर, रौतहट, बारालगायत विभिन्न स्थानबाट बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ५० भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको...