काठमाडौं। नवलपुरको देवचुली नगरपालिका ४ झाक्रेमा मतपेटिकामा आगलागी भएको छ । देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो । मतपेटिकामा आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।...