काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराको राजीनामा माग गरी आन्दोलनरत कानून व्यवसायी हातपातमा उत्रिएका छन्। शुक्रबार इजलास चल्नुपर्छ भनी अन्तर्वार्ता दिएका भूमिनन्द चुँडालमाथि हातपात भएको हो। नेपाल बार एशोसिएसनको परिसरमै अधिवक्ता विराट न्यौपानेले चुँडालमाथि हातपात गरेका हुन् । चुँडालले इजलास चल्नुपर्नेमा...