हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिकामा नवनिर्वाचित वडाअध्यक्षमाथि हातपात भएको छ। वडा नम्बर ७ मा गठबन्धनको तर्फबाट विजयी भएका वडाअध्यक्ष नेपाली कांग्रेसका मित्रबन्धु सिञ्जालीमाथि हातपात भएको हो। मतपरिणाम आएपछि गणनास्थल बाहिर रहेका सिंजालीमाथि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूको भीडले हातपात गरेका हुन्।...