काठमाडौं। विश्वकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ। कतारको अहमद अलि बिन रंगशालामा बिहीबार भएको खेलमा बेल्जियमले क्यानडालाई १–० ले पराजित गरेको हो। मिची ब्याट्सशुवाईले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ४४ मिनेटमा गोल गरे।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved