अमिर खानको यो घोषणासँगै लालसिंह चड्ढाबारे विभिन्न प्रकारका विवाद हुने गरेका थिए। अमिर खानले ‘फोरेस्ट गम्प’ को घोषित रिमेक गरेको प्रसङ्ग त छँदै थियो, ‘फोरेस्ट गम्प’ को अमेरिकी कथालाई पन्जाबको परिदृश्यमा भारतीयकरण गर्ने अमिरको योजनाबारे विशेषतः शिख समुदाय सशंकित...