काठमाडौं। पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ स्थित सोमनाथ खोला नजिकैको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग बन्द भएको छ। बुटवलनजिकै रहेको सो खोलामा सडक विस्तारको लागि डाइभर्सन बनाइएको थियो। सो डाइभर्सन वर्षाले बगाएपछि अहिले बाटो बन्द भएको प्रहरीले जनाएको छ।...