काठमाडौं । भारतको पश्चिम बंगाल राज्यका पूर्वमुख्यमन्त्री बुद्धोदेव भट्टाचार्यको निधन भएको छ । ८० वर्षीय भट्टाचार्यको कोलकातास्थित आफ्नै निवासमा बिहीबार निधन भएको हो । पश्चिम बंगालको ३४ वर्षे कम्युनिष्ट पार्टीको सरकारको अन्तिम करिब १० वर्ष उनी मुख्यमन्त्री थिए ।...