टेक्सास। अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । टेक्सासको रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिएपछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आईसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् ।...