काठमाडौँ। एक सयभन्दा बढी नेपाली कविता समेटिएको कविता सङ्ग्रहको चिनियाँ संस्करणको लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घले भर्चुअल माध्यमबाट गरेको ‘रेसम मार्गमा साहित्यिक कल्पना’ सम्मेलनमा कविता संग्रहको लोकार्पण गरिएको हो। नेपाल प्रज्ञा–प्रतिष्ठानले अङ्ग्रेजी भाषामा अनुवाद गरेको...