सय बढी नेपाली कविताको चिनियाँ संस्करण लोकार्पण

नेपालभ्युज

सय बढी नेपाली कविताको चिनियाँ संस्करण लोकार्पण

काठमाडौँ। एक सयभन्दा बढी नेपाली कविता समेटिएको कविता सङ्ग्रहको चिनियाँ संस्करणको लोकार्पण गरिएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घले भर्चुअल माध्यमबाट गरेको ‘रेसम मार्गमा साहित्यिक कल्पना’ सम्मेलनमा कविता संग्रहको लोकार्पण गरिएको हो। नेपाल प्रज्ञा–प्रतिष्ठानले अङ्ग्रेजी भाषामा अनुवाद गरेको ‘दि भ्वाइस अफ नेपाल’ नामक उक्त कृतिलाई चिनियाँ लेखक सङ्घले चिनियाँ भाषामा अनुवाद एवम् प्रकाशन गरेको हो।

नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवाद गरेको ‘समकालीन चिनियाँ कविताहरू’ शीर्षकको ग्रन्थ प्रकाशनको अन्तिम चरणमा रहेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चिनियाँ पक्षलाई जानकारी दिए।

साथै कुलपति उप्रेतीले सम्मेलनमा रेसम मार्गको अवधारणा साङ्केतिक भए पनि यसले आर्थिक, सामाजिक एवम् राजनीतिक जस्तै साहित्यिक र सांस्कृतिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “चिनियाँ लेखक सङ्घ र नेपाल प्रज्ञा-प्रतिष्ठान विश्वसनीय समकक्षी संस्था हो। यी दुई संस्थाबिच सन् २०१३ मा समझदारी पत्रमा हस्ताक्षर भएयता साहित्यिक भ्रमण आदानप्रदान, अन्तक्र्रिया एवम् अनुवादका कामले गति लिएकोमा खुसी छु।”

त्यस्तै चिनियाँ लेखक सङ्घका अध्यक्ष थाइ निङले नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबिचको संयुक्त पहलबाट दुई देशबिच साहित्यिक आदानप्रदानमा टेवा पुगेको बताइन्। कोरोना महामारीका कारण केही समय स्थगित रहेको द्विपक्षीय साहित्यिक आदानप्रदानले अब गति लिनेमा उनी आशावादी देखिइन्।

कार्यक्रममा नेपालका तर्पmबाट प्रा।डा। अभि सुवेदी, प्रा।डा। योगेन्द्रप्रसाद यादव, प्रा।डा। रुद्र पौडेल, प्रा।डा। कृष्णचन्द्र शर्मा र उपप्राध्यापक महेश पौड्यालले गोष्ठीपत्र प्रस्तुत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved