काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि धरहरा क्षेत्रको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको छ । केहिदिन अघि कामपाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमाथि पार्किङ गर्न निषेध गरेपछि त्यस क्षेत्रमा जानेहरूको सवारीसाधन धरहरा क्षेत्रमा नि:शुल्क पार्किङको व्यवस्था गरेको हो...