होमवर्क बुझाउनुपर्ने पिरले स्कुल जान नमानेर भुईँमा लडिबुडी खेलिरहेको बच्चोलाई आमाले रंगीबिरंगी बेलुन किनिदिएर फकाएजस्तै ती पात्रमार्फत हामीहरू पनि आफैलाई फकाइरहेछौँ सपनाका रंगिन बेलुनहरूमा श्वास हाल्दै! हो, म कुरा गर्दैछु नाटक 'लेट्स, अभिनय गरौँ!' को।