दोलखा। गायिका कुन्ती मोक्तानको “माथि माथि शैलुङेमा” बोलको चर्चित गीत सुन्नेबित्तिकै जोकोहीलाई पनि दोलखा र रामेछाप जिल्लाको सीमाक्षेत्रमा पर्ने प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र शैलुङको याद आउँछ। समुन्द्री सतहबाट ३३५०मिटरको उचाइमा रहेको शैलुङमा कुन्ती मोक्तानले गाएजस्तै चौरी डुलाउनेको लर्को...