बसमा चढ्दा निकै भीडभाड हुने गर्थ्यो। बसमा सीट छोडिदिने, गह्रुङ्गा झोला बोक्न सघाउने आदि नेपाली बानीले चिनियाँ युवतीहरुलाई अचम्म लागेको थियो। उनले भनिन्, 'चीनमा यसरी नचिनेको मान्छेलाई सहयोग गर्ने कुरालाई अनौठो मानिन्छ। त्यस्तो परिपाटी चीनमा छँदैछैन भने पनि हुन्छ।'