बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडा दर पनि घटाइएको हो।