काठमाडौं । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर प्रधानमन्त्रीको कार्यालयमा सरुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । अर्थसचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिइएको छ ।