खेलकुदस्थल समयमै तयार नहुनु, खेलाडीको पोसाक व्यवस्थापन नहुनु, राष्ट्रिय प्रतियोगिताको लागि पनि खेलाडीले नै पैसा खर्च गरेर जर्सी बनाउन पर्नु, जर्सीमा साइनपेनले नाम लेख्नु, एक खेलाडीलाई लगाएको पदक फिर्ता लिएर अर्कोलाई लगाइदिनु । यस्ता अनेक नाटक देखिन थालेका छन् ।