चीनमा महामारी शुरु हुनअघि नै त्यहाँका स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकारहरुले २०१९ डिसेम्बरबाट नै महामारी बारे सचेत गराउने प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ। त्यससमयमा अज्ञात रहेको रोगका विषयमा सूचना बाहिर चुहाएको भन्दै केही व्यक्ति सरकारको निशानामा परेका थिए।