काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्ने गरी कार्ययोजना अघि बढाएको बतााएका छन् । मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यसबारे सम्बन्धित एजेन्सी (ठेकेदार) सँग छलफलमा रहेको...