इम्बोस्ड प्लेट नेपालीमा लेख्ने कार्ययोजना अघि बढाएका छौं : यातायातमन्त्री श्रेष्ठ

नेपालभ्युज

इम्बोस्ड प्लेट नेपालीमा लेख्ने कार्ययोजना अघि बढाएका छौं : यातायातमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्ने गरी कार्ययोजना अघि बढाएको बतााएका छन् ।

मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यसबारे सम्बन्धित एजेन्सी (ठेकेदार) सँग छलफलमा रहेको बताए ।  उनले प्रधानमन्त्रीसँग पनि यसबारे छलफल भएको भन्दै कार्ययोजनाअनुसार कामले तीव्रता पाएको बताए ।

‘यहाँ विचित्र रहेछ, इम्बोस्ड नम्बर प्लेट ‘रिड’ गर्ने प्रविधियुक्त गेट नै छैन,’ उनले भने, ‘गेट राख्न पहल लिएका छौं, २ ठाउँमा राख्ने निर्णय भइसकेको छ ।’

मन्त्री श्रेष्ठले इम्बोस्ड प्लेट जोड्दा लाग्ने शुल्क पनि घटाउन गृहकार्य भइरहेको बताए । ठेकेदारले लिने पैसाअनुसार शुल्क लिनुपर्ने भए पनि अन्य हिस्सा हेरेर शुल्क घटाउन छलफल भइरहेको उनले बताए ।

मन्त्री श्रेष्ठले सवारीको फिटनेस टेस्ट र ग्रिन स्टिकरका लागि लाइन लाग्न नपर्ने व्यवस्था गर्न लागिएको बताए । यसका लागि सूचना प्रविधिको प्रयोग गरिने मन्त्री श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved