‘सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कार’ भएको घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरको नेतृत्वमा समिति गठन गरेको छ। समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इस्पेक्टर सपना खड्का सदस्य छन्।