धनगढी। सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पताल (पुरानो भवन) जलमग्न भएको छ । आज बिहान परेको पानीका कारण अस्पताल जलमग्न भएको हो । अस्पतालको गाइनो वार्ड, लेबर वार्ड, कर्मचारी बस्ने कोठासहित ग्यालरीलगायत अन्य वार्डहरूमा पानी भरिएको छ ।...