काठामाडौं । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनामा म्यानचेष्टर यूनाइटेड गएराति हारबाट जोगिएको छ। च्याम्पियन्स लिगअन्तर्गत एटलान्टाको घरेलु मैदानमा यूनाइटेडले बराबरी खेलेको हो। खेलको १२ मिनेटमै गोल खाएर पछि परेको यूनाइटेडका लागि पहिलो हाफको अतिरिक्त समयमा रोनाल्डोले बराबरी गोल फर्काएका थिए।...