च्याम्पियन्स लिग

रोनाल्डोले जोगाए यूनाइटेडलाई, फातीको गोलमा बार्सिलोना विजयी

नेपालभ्युज

रोनाल्डोले जोगाए यूनाइटेडलाई, फातीको गोलमा बार्सिलोना विजयी

काठामाडौं । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनामा म्यानचेष्टर यूनाइटेड गएराति हारबाट जोगिएको छ। च्याम्पियन्स लिगअन्तर्गत एटलान्टाको घरेलु मैदानमा यूनाइटेडले बराबरी खेलेको हो।

खेलको १२ मिनेटमै गोल खाएर पछि परेको यूनाइटेडका लागि पहिलो हाफको अतिरिक्त समयमा रोनाल्डोले बराबरी गोल फर्काएका थिए। ५६ मिनेटमा पुनः गोल खाएपछि यूनाइटेड हारउन्मुख थियो। तर रोनाल्डोले निर्धारित ९० मिनेटपछि थपिएको पहिलो मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीको हार टारेका थिए।

बराबरीपछि यूनाइटेले लिगमा तेस्रो खेलपछि ६ अंक जोडेको छ। ऊ समूह ‘डी’ को दोस्रो स्थानमा छ। यो समूहको शीर्ष स्थानमा ६ अंकसाथ सेरिफ छ। उसले गोलअन्तरका आधारमा यूनाइटेडलाई पछि पारेको हो।

त्यसैगरी स्पेनिस क्लब बार्सिलोनाले आजै राति भएको आफ्नो चौथो खेलमा दोस्रो जित निकालेको छ। युवा स्ट्राइकर अन्सु फाटीले बार्सिलोनालाई जित दिलाए। बराबरीतर्फ धकेलिएको खेलको ७० औं मिनेटमा शानदार गोल गर्दै फाटीले बार्सिलोनालाई बराबरीबाट जोगाए। बार्सिलोनाले जारी च्याम्पियन्स लिगमा मात्र दुई जितमा दुई गोल गरेको छ। साथै ऊ लिगको समूह ‘ई’ मा दोस्रो स्थानमा पनि उक्लिएको छ। यो समूहको शीर्ष स्थानमा रहेको जर्मन क्लब बार्यन म्युनिखसँग १२ अंक छ। बार्सिलोनाभन्दा हालसम्म अपराजित बार्यनसँग दोब्बर अंक छ।

बार्यनले गएराति नै भएको खेलमा पोर्चुगिज क्लब बेन्फिकालाई ५-२ गोलअन्तरले हराएको छ। उसका लागि पोल्याण्डका स्ट्राइकर रोवर्ट लेवन्डस्कीले ह्याट्रिक पूरा गरे। २६ औं, ६१ औं र ८४ मिनेटमा लेवन्डस्कीले गोल गरेका थिए। त्यस्तै सर्जी ग्यानब्रीले ३२ औं र लिरो सानेले ४९ मिनेटमा गोल गरे।

त्यस्तै गएराति भएका अन्य खेलमा चेल्सीले माल्मोलाई संघर्षपूर्ण १-० ले हराउँदा उल्सबर्गले साल्जबर्गलाई २-१ ले पाखा लगायो। स्पेनी क्लब भिल्लारियलले योङ ब्याईलाई २-० ले हरायो भने इटालियन क्लब युभेन्टसले जेइन्टमाथि ४-२ ले जित निकाल्यो।

तर अर्को स्पेनी क्लब सेभिल्ला भने फ्रेन्च क्लब लिलसँग २-१ ले हार्‍यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved