मौसम सफा, विस्तारै चिसो बढ्दै

नेपालभ्युज

मौसम सफा, विस्तारै चिसो बढ्दै
फाइल तश्वीर

काठमाडौं। अहिले देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ । प्रदेश एक लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ मा आंशिक बदली रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एकका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम सफा भएपनि चिसो बढ्दै गएको छ । काठमाडौंसहित देशका पहाडी र हिमाली क्षेत्रमा न्युनतम तापक्रम घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved