भेनेजुएलामा बाढी पहिरो, ३६ जनाको मृत्यु

नेपालभ्युज

भेनेजुएलामा बाढी पहिरो, ३६ जनाको मृत्यु

भेनेजुएला। भेनेजुएलामा भीषण बाढी र पहिरो आउँदा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका छन् । यहाँका उद्धारकर्मीहरूले जनाएअनुसार भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो ।

भेनेजुएला सरकारले प्रभावित क्षेत्रमा तीन सय टन खाद्यान्न र पानी वितरण गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । तीन हजारभन्दा बढी सदस्यहरू पुलिस र दमकल विभागहरू, नागरिक सुरक्षा एजेन्सी र बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू उद्धार प्रयासहरुमा मद्दत गर्न खटाइएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको घोषणा गरी आइतबारदेखि तीन दिनसम्म देशव्यापी रूपमा शोकको पनि घोषणा गरेका छन् ।यहाँको उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरू बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved