काठमाडौँः नेपाल टी–२० लिगको सहभागी टोली पोखरा एभेन्जर्सका मेन्टर समेत रहेका भारतीय पूर्व क्रिकेटर सन्दीप पाटिलविरुद्ध भारतमा ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ को उजुरी परेको छ । शनिबार पाटिलले मुम्बई क्रिकेट संघ एम्सीएको अध्यक्ष पदको लागि पत्र बुझाएपछि आइतबार उजुरी परेको हो ।
मुम्बईका मुख्य चयनकर्ता सलिल अन्कोलासँग पाटिलको पारिवारिक सम्बन्ध रहेको भन्दै उजुरी दायर भएको भारतीय क्रिकेट न्यूज वेभसाइट क्रिकबजले जनाएको छ ।
उजुरीमा एमसीएको विधानको ‘रुल ३८ भी’ अन्तर्गत पाटिल अध्यक्ष र संघको एपेक्स काउन्सिलको सदस्यको उम्मेदवारी दर्ता गर्न अयोग्य भएको उल्लेख गरिएको छ ।
अन्कोला र पाटिल सम्धी भएको उजुरीमा दाबी गरिएको छ । अन्कोलाको छोरी सलिल अन्कोला पाटिलको बुहारी भएको तथा दुईबीच निकटको सम्बन्ध भएका कारण उम्मेदवारी अयोग्य हुने दाबी पनि गरिएको छ ।
यद्यपि, पाटिलले सो उजुरी बारे कुनै टिपणी नगर्ने बताएका छन् । सबैलाई उजुरी दिने अधिकार भएको तथा चुनाव अधिर्कत वा ‘ओमबड्सम्यान’ ले न्याय गर्नेमा आफु विश्वस्त भएको पाटिलले बताएका छन् ।
पोखरा एभेन्जर्सले भदौ २४ मा पाटिललाई मेन्टरका रुपमा सर्वाजनिक गरेको थियो । पाटिल १९८३ को विश्व कप विजयी भारतीय टोलीको सदस्य थिए ।
Facebook Comment
Comment