काठमाडौं। साफ च्याम्पियनसिपको उपाधिका लागि भारतविरुद्धको खेल शुरु भएको छ। २८ वर्षको साफ यात्रामा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो।
कप्तानमा किरण चेम्जोङ डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशी, सुमन अर्याल र विंगब्याकमा गौतम श्रेष्ठ छन् भने मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र रोहित चन्द देखिएका छन् भने आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन्।
नेपालका अग्रपंक्तिका खेलाडी अञ्जन विष्टले भने उपाधि भिड्न्तको खेल गुमाएका छन्।
खेलमा नेपाली र भारतीय दुवै प्रशिक्षक सहभागी हुन पाएनन्। नेपालका प्रशिक्षक अबदुल्ला अलमुताइराले फरक दुई खेलमा पहेँलो कार्ड र भारतीय प्रशिक्षक स्टिमाचले बुधबार मालदिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएपछि साफे प्रतिवन्ध लगाएको छ।
फाइनल खेलमा भारतलाई पराजित गरेको खण्डमा नेपाली फुटबल टोलीले इतिहास रच्नेछ।
Facebook Comment
Comment