नेपाल-भारत फाइनल खेल शुरु

नेपालभ्युज

नेपाल-भारत फाइनल खेल शुरु
फाइल फोटो

काठमाडौं। साफ च्याम्पियनसिपको उपाधिका लागि भारतविरुद्धको खेल शुरु भएको छ।  २८ वर्षको साफ यात्रामा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो।

कप्तानमा किरण चेम्जोङ डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशी, सुमन अर्याल र विंगब्याकमा गौतम श्रेष्ठ छन् भने मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र रोहित चन्द देखिएका छन् भने आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन्।

नेपालका अग्रपंक्तिका खेलाडी अञ्जन विष्टले भने उपाधि भिड्न्तको खेल गुमाएका छन्।

खेलमा नेपाली र भारतीय दुवै प्रशिक्षक सहभागी हुन पाएनन्। नेपालका प्रशिक्षक अबदुल्ला अलमुताइराले फरक दुई खेलमा पहेँलो कार्ड र भारतीय प्रशिक्षक स्टिमाचले बुधबार मालदिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएपछि साफे प्रतिवन्ध लगाएको छ।

फाइनल खेलमा भारतलाई पराजित गरेको खण्डमा नेपाली फुटबल टोलीले इतिहास रच्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved