सशस्त्रका असई भारतमा मृत भेटिए, टाउकोमा चोट

नेपालभ्युज

काठमाडौं। सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) मृत भेटिएका छन्।

असई सत्यनारायण यादव सिमावर्ती बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा बिहीबार दिउँसो मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। सिरहाको भगवानपुर-२ घर भएका असई यादव असोज १८ गतेदेखि बिदामा बसेको सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए।

उनले घटनका कसरी भयो भन्ने कुरा तत्कालै भन्न सकिने अवस्था नरहेको बताए। सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको छ। शवको टाउकोमा चोट देखिएको बुझिएको छ। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved