कोइराला समूहको चेतावनी : ४० प्रतिशत हिस्सा नदिए चुनावी परिणाम राम्रो आउँदैन

नेपालभ्युज

कोइराला समूहको चेतावनी : ४० प्रतिशत हिस्सा नदिए चुनावी परिणाम राम्रो आउँदैन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ।

संस्थापनइतर समूहका शीर्ष नेताको उपस्थितिबिना काठमाडौं बत्तीसपुतलीस्थति प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ राखेको भुपेन्द्रजंग शाहीले सञ्चारकर्मीहरुलाई जानकारी दिए।

आफूहरूको भेलालाई देउवासहित संस्थापन पक्षको नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउनेसमेत चेतावनी दिएर बैठक समापन गरेका छन्।

संस्थापनइतर समूहले समानुपातिक सूचीमा असन्तुष्टि जनाएपछि सभापति देउवाले उक्त सूची संशोधन गरेका थिए। संस्थापनइतर समूह देउवाका गतिविधिविरुद्ध संघर्षमा उत्रिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved