राष्ट्रपति भण्डारीद्वारा गुरुज्यूबाट साइतमा टीका ग्रहण

नेपालभ्युज

राष्ट्रपति भण्डारीद्वारा गुरुज्यूबाट साइतमा टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुज्यूबाट बडादसैँको टीका ग्रहण गरेकी छन् ।

भण्डारीले शीतलनिवासमा गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट उत्तम साइत अनुसार ११ : ५१ बजे टीका ग्रहण गरेकी हुन् ।
राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएकी छन् । त्यस्तै अहिले विशिष्ट व्यक्तिलाई शितल निवासमा टीका लगाइदिने क्रम सुरु भएको छ ।

सर्वसाधारणलाई भने दिउसो तीन बजेदेखि ५ बजेसम्म टिका कार्यक्रम रहेको शितल निवासले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved