बुबा र बडीआमाको हातबाट ओलीले टीका लगाए , कार्यकर्तालाई भने साइत अघिनै टीका लगाइदिए

नेपालभ्युज

बुबा र बडीआमाको हातबाट ओलीले टीका लगाए ,  कार्यकर्तालाई भने साइत अघिनै टीका लगाइदिए

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको टिका झापाको दमकस्थित आफ्नै निवासमा बुबा मोहनप्रसाद ओलीको हातबाट टीका थापेका छन् ।

अध्यक्ष ओलीले बुबा मोहनप्रसाद र बडीआमा हरीमाया ओलीको हातबाट टिका लगाएका हुन् । उनी सहित पत्नी राधिका शाक्यले पनि टिका लगाएकी छन् ।

ओली दम्पतीले दमक ९ शान्तिमार्गमा रहेको निजी निवासमा टिका लगाएका हुन् । दुबैले ज्योतिषीले तोकेको उत्तम साइत ११ बजेर ५१ मिनेटमा टीका तथा प्रसाद ग्रहण गरेका हुन् ।

यसअघि ओलीले उनको निवासमा सर्वसाधारणलाई टिका लगाइदिएका थिए । ओलीको हातबाट टीका थाप्न कार्यकर्ता विहान ९ बजे नै ओली निवास पुगका थिए ।

तीन दिनअघि दशैं मान्न झापा गएका ओली आजै काठमाडौं फर्कदै छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved