काठमाडौंबाट झापा जान लागेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ घाइते

नेपालभ्युज

काठमाडौंबाट झापा जान लागेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ घाइते

काठमाडौं। मकवानपुरमा आइतबार राति भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।

काठमाडौंबाट झापाको दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१५ चुरियामाई नजिक दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोरङ बेलबारी-८ की ५१ वर्षीया कल्पना राजवंशी र झापाको दमक-५ का दिल्लीबहादुर दर्जी छन्। कल्पनाको चुरेहिल अस्पताल र दिल्लीबहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि चितवन र काठमाडौं रेफर गरिएको छ। घाइतेमध्ये पाँचजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved