कांग्रेस समानुपातिकको सूचीमा नपरेपछि राजीनामा

नेपालभ्युज

कांग्रेस समानुपातिकको सूचीमा नपरेपछि राजीनामा

काठमाडौं। नेपाली कांग्रेसको समानुपातिक सूचीमा नपरेपछि मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन्।

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको भन्दै गुप्ताले विज्ञप्ति जारी गरी राजीनामा दिएको जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ,‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो। कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवास्था गर्‍यो।’

अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी गरिएकाले सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पद राजीनामा दिएको उनले घोषणा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved