लाल मोहम्मदको हत्यामा संलग्न तीनजना सार्वजनिक

यी मध्ये महुरम र रेहानले हतियार ब्यवस्थापनमा सघाएको प्रहरीले जनाएको छ । स्याङतानले भने लाल मोहम्मदको निगरानी गर्ने गरेकी थिइन । 

नेपालभ्युज

लाल मोहम्मदको हत्यामा संलग्न तीनजना सार्वजनिक

काठमाडौं । गोठाटारमा गोली हानेर एक व्यवसायीको हत्या भएको घटनामा संलग्न मध्येका तीनजनालाई प्रहरीले पक्राउ गरेर आज शुक्रबार सार्वजनिक गरेको छ ।

यही असोज ४ गते बेलुकी लाल मोहम्मदको हत्यामा संलग्न भएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये दुईजना हतियार ब्यवस्थापक र एकजना निगरानीकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगञ्जका २१ वर्षिय मनोरम मियाँ, पर्साकै १९ वर्षिय रेहान मिया र मकवानपुरको बकैया घर भइ हाल काठमाडौंको कपनमा बस्ने २१ वर्षिया सुस्मिता स्याङतानलाई पक्राउ गरेको हो । यी मध्ये मनोरम र रेहानले हतियार ब्यवस्थापनमा सघाएको प्रहरीले जनाएको छ ।

दुईजनाले वीरगञ्जबाट हतियार लिएर काठमाडौं आएको र सुटरलाई दिएर फर्केको प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहराले बताए । स्याङतानले भने लाल मोहम्मदको निगरानी गर्ने गरेकी थिइन ।

स्याङतान यसअघि चोरी मुद्दामा जेल परिसकेको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । घटनामा अन्य केही ब्यक्ति पनि संलग्न रहेको र खोजी भइरहेको बोहराले बताए ।

यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई उनकै गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेर हत्या गरेका थिए । प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएर सो घटनाको छानबिन गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved