काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसद बन्नका लागि नयाँ मापदण्ड बनाएको छ । कांग्रेसले बनाएको नयाँ मापदण्डअनुसार पछिल्लोपटक केन्द्रीय सदस्यमा मनोनित भएकाहरू समानुपातिकको बन्द सूचीमा अटाउनेछैनन् ।
संसदीय बोर्डको बिहीबार बसेको बैठकले पार्टीको संस्थापन समूहले बनाएको समानुपातिक सूचिमा रहेका १० केन्द्रीय सदस्यहरु बाहिरिएका हुन् । किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई , गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा अब कांग्रेसको समानुपातिक सूचिबाट बाहिरिने छन् ।
उनीहरूलाई साउन ३१ मा सभापति देउवाले केन्द्रीय समितिमा मनोनित गरेका थिए । विहीबार बसेको बैठकले ६ भातृ संस्थामा मनोनित भएका अध्यक्षलाई पनि समानुपातिकको उम्मेदवार नबनाउने मापदण्ड तय गरेको छ । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार उनीहरूले प्रत्यक्षतर्फ भने प्रतिस्पर्धा गर्न पाउनेछन् ।
Facebook Comment
Comment