रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता

नेपालभ्युज

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता
तस्वीर : बीबीसी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ। रुसले युक्रेनमाथि हमला गरेपछि पहिलोपटक बिहीबार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो।

वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको सन्तुलित अडानका लागि धन्यवाद दिएका छन्। चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन । दुवै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।

यसअघि, गत फेब्रुवरीमा आयोजित शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा सी र पुटिनबीच भेट भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved